बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै 

शनिबार, ०६ जेठ २०८०खेलपाटी संवाददाता
पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै 
Loading ad...
mustang rice ad

काठमाडौं । पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ। 

धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी भएको हो । 

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । 

राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले । 

पडिकलले ३० बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । जैसवालले ३६ बलमा ८ चौकाको सहयोगमा ५० रन बनाए । 

ओपनर जस बटलर एकै सिजनमा ५ पटक डग आउट हुने खराब कीर्तिमान बनाउँदै दोस्रो ओभरमा नै आउट भए । 

दोस्रो विकेटका लागि जैसवाल र पडिकल मिलेर ७३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । 

चौथो विकेटका लागि सिमरन हिटमायर जैसवालले ४७ रनको साझेदारी गरेका थिए । 

सिमरन हिटमायरले २८ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । रियान परागले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए । 

धुव्र जुरेल छक्का प्रहार गर्दै राजस्थानलाई जित दिलाएका थिए । जुरेलले ४ बलमा अविजित १० रन बनाएका थिए । 

पन्जाबका लागि कागिसो रबाडाले २ तथा राहुल चहर,साम करन,नाथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ  गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । 

पन्जाबका लागि साम करनले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४९ रन बनाए । सुरुआत राम्रो हुन नसकेको पन्जाबका ओपनर प्रभसिमरन सिंह पहिलो ओभरमा २ रन बनाउँदै आउट भएका थिए । 

दोस्रो विकेटका लागि ओपनर तथा कप्तान शिखर धवन र अथर्व ताइडेले ३६ रनको साझेदारी गरेका थिए । कप्तान धवनले १२ बलमा १७ तथा ताइडेले १२ बलमा १९ रन बनाए ।

पाँचौ विकेटका लागि साम करन र जितेश शर्माले ६४ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए । 

शर्माले २८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । 

पाँचौ विकेटका लागि साम करन र साहरुख खानले अविजित ७३ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याए । 

खानले २३ बलमा ४ चौका तथा २ छक्काको सहयोगमा अविजित ४१ रन बनाए । 

राजस्थानका लागि नवदिप सैनीले ३ तथा ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट लिए । 

राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ । राजस्थानको प्लेअफ प्रवेशको सम्भावना कायमै रहेको छ । शनिबारको दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा आइतबार मुम्बई तथा बेंगलोरको हारले राजस्थानको लागि प्लेअफको ढोका खुल्नेछ । 

पन्जाब १४ खेलमा १२ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।  

Loading ad...
LiNing Ad
पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया