बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोहलीको शतकमा बेंगलोरको सानदार जित 

शुक्रबार, ०५ जेठ २०८०खेलपाटी संवाददाता
कोहलीको शतकमा बेंगलोरको सानदार जित 
Loading ad...
mustang rice ad

काठमाडौं । ओपनर विराट कोहलीको शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई हराएको छ । 

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा ८ विकेटको जितसँगै बेंगलोरले प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ ।

हैदराबादले दिएको १ सय ८७ रनको लक्ष्य बेंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । 

बेंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । कोहलीको यो आइपीएल करिअरको छैटौं शतक हो ।

पहिलो विकेटका लागि कोहली र कप्तान फाफ डु प्लेसिसले १ सय ७ बलमा १ सय ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

कप्तान डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनको अर्धशतकीय ईनिङ खेले । । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे । 

हैदराबादका लागि टि नटराजन र भुवनेश्वर कुमारले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । 

हैदराबादका लागि विकेटकिपर हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

आइपिएल करिअरको पहिलो शतक क्लासेनले ४९ बलमा पूरा गरेका थिए । 

कप्तान एडेन माक्ररम र क्लासेनले तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरेका थिए । माक्ररम २० बलमा १८ रनमा आउट भए ।

चौथो विकेटका लागि ह्यारी ब्रुक र क्लासेनले ३६ बलमा ७४ रनको साझेदारी गरेका थिए । ब्रुक १७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहेका थिए ।

ओपनरद्वय अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए । दुबै ओपनर स्पिनर माइकल ब्रेसवेलले एकै ओभरमा आउट गराएका थिए ।

बेंगलोरका माइकल ब्रेसवेल २ तथा मोहम्मद शिराज,हर्षल पटेल र शहबाज अहमदले समान १/१ विकेट लिए ।

जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले आइतबार गुजरातसँग खेल्नेछ । उक्त खेलमा बेंगलोर विजयी हुँदा १६ अंकमा पुग्नेछ । 

हारसँगै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा रहेको छ ।

Loading ad...
LiNing Ad
कोहलीको शतकमा बेंगलोरको सानदार जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया