काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टोलीको आधिकारीक जर्सी पाट्नर भएको छ ।
माई पे र नेपाल क्रिकेट संघ(क्यान)को बीचमा बिहिबार जर्सी प्रायोजनको सम्झौता भएको हो ।
माई पे ले आगामी मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको छ ।
मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ ।
जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।