वाणिज्य बैंकले क्रिकेट खेलाडी र अफिसियललाई नगद पुरस्कार दिने
बुधबार, जेठ ३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एसीसी प्रिमियर कप विजेता विजेता बन्दै एसिया कपमा छनोट भएकोमा राष्ट्रिय क्रिकेट टिमलाई घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)का अनुसार क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकसँगको भेटघाटमा बैंकले सो जानकारी दिएको बताएको छ ।
बैंकले नेपाललाई एसिया कपमा छनोट गराउने टोलीका खेलाडीलाई जनही १ लाख तथा टिम अफिसियललाई ५० हजार नगद सहित सम्मान गर्ने जनाएको छ ।
गत बैशाख १९ गते सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो ।
वाणिज्य बैंकले क्रिकेट खेलाडी र अफिसियललाई नगद पुरस्कार दिने










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



