काठमाडौं । नेपाल पनि सहभागी रहने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि स्कटल्यान्डको टोली घोषणा भएको छ ।
रिची बेरिङ्टनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । स्कटल्याण्डले गत फेब्रुअरीमा आइसीसी क्रिकेट विश्वकप लिग टू को उपाधि उचालेको टिममा दुई परिवर्तन गरेको छ ।
पछिल्लो पटक नेपालमा खेलेको टोलीमा दुई परिवर्तन गरिएको छ । जसमा अलास्डेयर इभान्स र एड्रियन निलले लियाम नायलर र क्रिकेटबाट सन्यास घोषणा गरेका पुर्व कप्तान काइल कोएट्जरको स्थानमा लिएका छन्।
विश्वकप छनोट यही जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुदैछ ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् ।
विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली :
वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई
स्कटल्यान्डको टोली :
रिची बेरिङ्गटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रीब्स, जैक जार्विस, माइकल लीस्क, टोम मेकिन्टोश, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलेन, जर्ज मुन्से, एड्रियन नील, सफयान शरीफ, क्रिस सोले, हम्जा ताहिर र मार्क वाट