काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुबिना क्षेत्री टी-ट्वान्टी बलिङतर्फको वरीयतामा शीर्ष १०० भित्र अटाएकी छिन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिनाले आफ्नो वरीयतामा सुधार गर्दै एक सयौं स्थानमा रहेकी छिन् ।
बलिङतर्फ नै कविता कुँवर र सीता राना मगर यथावत रहेका छन् ।
नयाँ वरीयता अनुसार कविता ९३ औं तथा सीता ९७ औं स्थानमा कायमै रहेकी छिन् ।
ब्याटिङतर्फ भने सीता राना मगर ६९ औं स्थानमा यथावत रहेकी छिन् ।
बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्यान्डकी सोफी एक्लेस्टोन रहेकी छिन् ।
ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ शीर्ष स्थानमा रहेकी छिन् ।
महिला टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।