• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालले यसरी खेल्नेछ टी-ट्वान्टी विश्वकप 
सागर अधिकारी
आइतबार, वैशाख ३१, २०८० सागर अधिकारी
नेपालले यसरी खेल्नेछ टी-ट्वान्टी विश्वकप 

काठमाडौं । २०२४ को टी-ट्वान्टी विश्वकपका लागि २० देशको छनोट हुनेछन् । विश्वकपमा सहभागी रहने बाह्र देश छनोट भईसक्दा आठ देशको भने छनोट हुन बाँकी रहेको छ ।

२०२४ को विश्वकपमा २० देशको सहभागीता रहनेछ । गत वर्ष अष्ट्रेलियामा आयोजना भएको टी-ट्वान्टी विश्वकपमा शीर्ष आठमा पर्न सफल टोली (अष्ट्रेलिया,इंग्ल्यान्ड,भारत,पाकिस्तान,नेदरल्यान्ड,श्रीलंका,न्युजिल्यान्ड र दक्षिण अफ्रिका), आयोजक वेस्ट इन्डिज र अमेरिका तथा १४ नोभेम्बर २०२२ सम्मको आइसीसीको टी-ट्वान्टी अन्तराष्ट्रियको वरीयताका शीर्ष २ टोली( बंगलादेश र अफगानीस्तान अष्ट्रेलिया विश्वकपको शीर्ष आठमा पछिका दुई टोली जो शीर्ष आठमा अटाएका थिएनन्) छनोट भई सकेका छन् । 

विभिन्न क्षेत्रिय छनोटबाट अन्य आठ देशको टुंगो लाग्न बाँकी रहेको छ । यसका लागि विभिन्न क्षेत्रिय छनोट प्रतियोगिताहरु आयोजना हुनेछन् । आइसीसीको नियमअनुसार एसिया क्षेत्रिय छनोटबाट दुई ,अफ्रिकी क्षेत्रबाट दुई,युरोप क्षेत्रबाट दुई तथा अमेरिका र  ईष्ट एसिया प्यासेफिकबाट समान एक एक राष्ट्रको छनोट हुनेछ । 

नेपाल कसरी छनोट हुन्छ ?

नेपालले यस विश्वकपमा छनोट हुन एसिया क्षेत्रको छनोट पार गर्नुपर्ने हुन्छ । एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुदैछ । प्रतियोगितामा आठ देशको सहभागीता रहने छ । प्रतियोगितामा आयोजक नेपाल,युएई,हङकङ,ओमान,सिंगापुर,बहराइन र उप-क्षेत्रिय छनोटबाट आउने दुई राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । 

May be an image of 9 people and text

उप-क्षेत्रिय छनोटमा दुई क्षेत्रको समावेश रहने छ । उपक्षेत्रीय छनोट क्वालिफायर ए र क्वालिफायर बी गरी आयोजना हुनेछ । जुलाईमा मलेसियामा आयोजना हुने क्वालिफायर बी मा आयोजक मलेसिया सहित थाईल्यान्ड,चीन,भुटान र म्यानमारको सहभागीता रहने छ । क्वालिफायर ए को प्रतियोगिता सेप्टेम्बरमा कतारमा आयोजना हुदैछ । यस समूहमा आयोजक कतार सहित साउदी अरेविया,कुवेत र माल्दिभ्सको सहभागीता रहेको छ । 

यि दुवै उप-क्षेत्रिय छनोटबाट हरेक क्वालिफायरको शीर्ष स्थानमा रहने टोलीले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने एसिया क्षेत्रीय छनोटमा सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी रहने आठ टोलीलाई दुई समूहमा बिभाजन गरिने छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ए को बिजेताले समूह बी को उपबिजेतासँग पहिलो सेमिफाइनल तथा समूह बी को बिजेताले समूह ए को उपबिजेतासँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ । दुवै सेमिफाइनलको बिजेता देशले फाइनलमा स्थान बनाउनुका साथै २०२४ को टीट्वान्टी विश्वकपमा स्थान पक्का गर्ने छ । 

नेपालले विश्वकपमा स्थान बनाउन फाइनलसम्मका यात्रा गर्न जरुरत रहेको छ । 

नेपालको सम्भावना के रहेको छ ? 

२०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकपमा पहिलो पटक सहभागीता जनाएको नेपाललाई दश वर्ष पछि २०२४ मा आयोजना हुने विश्वकपमा सहभागी हुने अवसर रहेको छ । यस छनोट प्रतियोगिताका लागि नेपाली टोलीलाई घरेलु मैदान तथा समर्थक र अन्य धेरै विषयको फाइदा हुनेछ । पछिल्लो केही महिना यता नेपाली टोलीको घरेलु भुमीको प्रदर्शनले नेपाललाई विश्वकपको मन्चमा धेरै समर्थकले देखिसकेका छन् । 

May be an image of 6 people and text

यस छनोट अघि नेपालले आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोट तथा एसिया कप जस्ता प्रतियोगितामा जनाईसकेको हुनेछ । जसले गर्दा नेपाली टोलीको अनुभवमा समेत केही बदलाब आईसकेको हुनेछ । 

छनोटमा सहभागी मुलुकविरुद्ध नेपालको ईतिहास ? 

एसिया क्षेत्रीय छनोटमा सहभागी हुने छ मुलुकको टुंगो लागि सकेको छ । यस्तोमा ती मुलुकविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रियको ईतिहास हेर्दा नेपालको प्रदर्शन औसत रहेको छ । हङकङसँग नेपालले कुल पाँच खेल खेलेकोमा दुई खेलमा नेपालले जित हात पारेको छ । तीन खेल भने हङकङले आफ्नो पक्षमा पारेको छ । ओमानसँग नेपालले कुल चार खेल खेलेकोमा तीन खेल नेपालले तथा एक खेल ओमानले जितेको छ । 

Hong Kong vs. Nepal: Historic Twenty20 Win Proves Nepal Are The Real Deal |  News, Scores, Highlights, Stats, and Rumors | Bleacher Report

सिंगापुरविरुद्ध कुल दुई खेलमा नेपालले एक खेलमा जित दर्ता गर्दा एक खेल हारेको छ । युएईविरुद्ध पाँच खेल खेलेको नेपालले दुई खेलमा जित दर्ता गर्दा तीनमा हार व्यहोरेको छ । बहराइनविरुद्ध भने नेपालले हालसम्म टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको छैन । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP