काठमाडौ । सनराईजर्स हैदराबादलाई पराजित गरी लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफ नजिक पुगेको छ ।
हैदराबादको घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा लखनउ ७ विकेटले विजयी भएको हो ।
हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले १९ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
लखनउका लागि प्रेरक माकन्डले ४५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ्स खेले ।
निकोलस पुरनले १३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सानदार ४४ रन बनाए ।
तेस्रो विकेटका लागि मार्कस स्टोईनेस र प्रेरक माकन्डले ४३ बलमा ७३ रनको सानदार साझेदारी गरेका थिए ।
स्टोईनेसले २५ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाए ।
चौथो विकेटका लागि निकोलस पुरन र प्रेरक माकन्डले २३ बलमा अविजित ५८ रनको विजयी साझेदारी गरेका थिए ।
हैदराबादका लागि ग्लेन फिलिप्स,मंयक मारकन्डे र अभिषेक शर्माले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
हैदराबादका लागि हेनरिच क्लेसनले २९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए ।
तेस्रो ओभरको पहिलो बलमा नै ओपनर अभिशेक शर्मा ५ बलमा ७ रन बनाउँदै पेभिलियन फर्किका थिए । अर्का ओपनर अनमोप्रित सिंहले २७ बलमा ७ चौकाको सहयोगमा ३६ रन बनाउँदा अमित मिश्राको बलमा मिश्राबाट नै क्याच आउट भए ।
छैटौं ओभरका लागि हेनरिच क्लेसन र अब्दुल समादले ४० बलमा ५८ रनको साझेदारी गरी टोलीलाई बलियो योगफलमा पुर्याए ।
समादले २५ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ३७ रन बनाए । कप्तान ऐडन माक्ररमले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।
राहुल त्रिपाटीले १३ बलमा ४ चौकाको सहयोगमा २० रन बनाए ।
लखनउका लागि कप्तान कुर्नाल पान्ड्याले २ तथा अमित मिश्रा,यश ठाकुर,युधविर सिंह र आबेस खानले समान १/१ विकेट लिए ।
जितसँगै बाह्र खेलमा ६ जित तथा ५ हारका साथ लखनउ १० टोली सहभागी लिगको चौथो स्थानमा उक्लिएको छ ।
हारसॅंगै एघार खेलमा ४ जित तथा ७ हारका साथ हैदराबाद नवौं स्थानमा कायम रहेको छ ।