सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

शान्तोको शतकमा बंगलादेशको जित

शनिबार, बैशाख ३०, २०८०खेलपाटी संवाददाता
शान्तोको शतकमा बंगलादेशको जित
Classic Tech Internet Ad

काठमाडौं । नजमुल हसन शान्तोको शतकमा बंगलादेशले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) मा आयरल्यान्डलाई पराजित गरेको छ । 

इंग्ल्यान्डमा शुक्रबार सम्पन्न भएको खेलमा बंगलादेश ३ विकेटले विजयी भएको हो । जितसँगै बंगलादेशले तीन खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ ।

आयरल्यान्डले दिएको ३ सय २० रनको लक्ष्य बंगलादेशले ४४ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

बंगलादेशका लागि नजमुल हसन शान्तोले ९३ बलमा १२ चौका र ३ छक्काको सहयोगमा १ सय १७ रनको शतकीय ईनिङ्स खेले । ओडिआई करियरको पहिलो शतक प्रहार गरेका २४ वर्षिय शान्तोले ८३ बलमा शतक पूरा गरेका थिए । 

ओपनर तमिम ईकवाललाई चौथो ओभरमा ७ रनमा नै गुमाएको बंगलादेशका लागि अर्का ओपनर लिन्टन दासले २१ बलमा २१ रन बनाए ।

मोहम्मद तौहिद हृदय र शान्तोले चौथो विकेटका लागि १ सय ३१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मोहम्मदले ५८ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ्स खेले । 

मुश्फिकुर रहिम ३६ रनमा अविजित रहँदा शकिव अल हसनले २६ रन बनाए । जर्ज डकरेल र कुर्टिस क्याप्फियरले समान २/२ तथा ग्रेह्याम हुम,जोशवा लिटिल र मार्क अडिरले समान १/१ विकेट लिए । 

त्यसअघि बर्षाका कारण ४५ ओभरमा छोट्टाईएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय १९ रन बनाएको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टरले १ सय १३ बलमा ७ चौका तथा १० छक्काको सहयोगमा १ सय ४० रनको शतकीय ईनिङ्स खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ओडिआईमा चौथो शतक बनाउने क्रममा २३ वर्षिय टेक्टरले ९३ बलको सामना गरेका थिए । 

सुरुआत राम्रो हुन नसकेको आयरल्यान्डका ओपनर पल स्ट्रर्लिङ पहिलो ओभरमा शुन्य रनमा नै पेभिलियन फर्किएका थिए । अर्का ओपनर स्टेफन डोहिने व्यक्तिगत १२ रनमा सातौ ओभरमा आउट हुँदा संकटमा देखिएको आयरल्यान्डको ईनिङ्स कप्तान एन्डि बालबर्नी र ह्यारी टेक्टरले तेस्रो विकेटका लागि ९८ रनको साझेदारी गर्दै सम्हालेका थिए । 

कप्तान बालबर्नीले ५७ बलमा ५ चौकाको सहयोगमा ४२ रन बनाए । छैटौं विकेटका लागि ह्यारी टेक्टर र जर्ज डुकरेलले १ सय १५ रनको महत्वपुर्ण साझेदारी गर्दै टोलीलाई विशाल योगफलमा पुर्याएका थिए ।

डुकरेलले ४७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ७४ रनको अर्धशतकीय ईनिङ्स खेले । 

बंगलादेशका लागि हसन महमुद र शोरिफुल ईस्लामले समान २/२ तथा ईबाडोट हसन र तैजुल ईस्लामले समान १/१ विकेट लिए । 

दुई टोलीबीचको अन्तिम ओडिआई खेल आगामी आईतबार हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad
शान्तोको शतकमा बंगलादेशको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक