आईपीएलको अक्सन आज, ३५१ खेलाडी अक्सनमा
मंगलबार, ०३ पौष २०७५खेलपाटी संवाददाता

एजेन्सी । इण्डियन प्रिमियर लिग टी-ट्वान्टी (आईपीएल) क्रिकेटको १२ औं संकरणका लागि खेलाडी किनबेच (अक्सन) आज हुँदैछ ।
भारतको जयपुरमा हुने अक्सनमा ३५१ खेलाडीले नाम दर्ता गराएका छन् । नेपालबाट भने कुनै पनि खेलाडी अक्सनमा परेका छैनन् । गत सिजन नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अक्सनमा रहेका थिए । उनलाई यस सिजन दिल्लीले रिटेन गरिसकेको छ ।
आज हुने अक्सनमा विश्व क्रिकेटमा कहलिएका नामहरु रहेका छन् । अक्सनमा यस सिजनका लागि क्लबले रिटेन नगरेका खेलाडीहरु समावेश छन् ।
सन् २०१९ को आईपीएल मार्च २९ देखि मे १९ सम्म हुनेछ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)




-1765539955299.jpeg&w=3840&q=75)
