काठमाडौं । एसीसी प्रिमियर कपमा युएईविरुद्धको फाइनल खेलमा नेपालका लागि गुलसन झाले अर्धशतक पूरा गरेका छन् ।
गुलसनले ७५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
यो सँगै नेपालले २७ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर ९६ रन बनाएको छ ।
गुलसनको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । गरलसन तेस्रो नम्बरमा ब्याटिङमा आएका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल १ तथा अर्का ओपनर आसिफ शेख ८ रनमा आउट भएका थिए । कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।
नेपालले युएईले दिएको १ सय १८ रजको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको छ ।