शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नेपाल ब्यायाम मन्दिरको अध्यक्षमा प्रधान निर्वाचित

शुक्रबार, मंसिर २८, २०७५खेलपाटी संवाददाता
नेपाल ब्यायाम मन्दिरको अध्यक्षमा प्रधान निर्वाचित
Classic Tech Internet Ad

काठमाडौं । शारिरीक सुगठनको माउ संस्था नेपाल ब्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान पाँचौं कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । २०१० सालमा स्थापित नेपाल ब्यायाम मन्दिरको १८ औं साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच बर्षिय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भए पश्चात प्रधानले आफुले ब्यायाम मन्दिरको विकास, बिस्तार र उत्थानमा गरेको योगदानको कदर गर्दै सदस्यहरुले पुनः पाँचौ कार्यकालको लागि पनि आफुलाई जिम्मेवारी सुम्पेकोमा सवै मतदाता प्रति आभार ब्यक्त गरे ।

यस्तै अजय बज्राचार्य ब्यायाम मन्दिरको प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । उनी यस अघिको कार्यसमितिमा महासचिव रहेका थिए । यस्तै रत्नलाल मानन्धर पनि द्वितीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

ब्यायाम मन्दिरको विधानमा दुई उपाध्यक्षको प्रावधान रहेकोमा संस्थालाई अझ चुस्त दुरुस्त राख्नका लागि विधान संसोधन गरि थप तीन उपाध्यक्ष नियुक्त गरिने अध्यक्ष प्रधनले जानकारी गराए ।

विधान संसोधन पश्चात दिनेश राजभण्डारी, नानीकाजी डङ्गोल र रविन्द्र कपालीलाई उपाध्यक्षमा चयन गरिने अध्यक्ष प्रधानले बताए । यसका लागि साधारण सभाबाट स्विकृती प्रदान भई सकेको पनि अध्यक्ष प्रधानले बताए ।

ब्यायाम मन्दिरको महासचिवमा सूर्य प्रसाद जोशी ५२ मतका साथ निर्वाचित भए । उनका प्रतिद्वन्दि प्रतापकाजी बरियाले २७ मत प्राप्त गरे । यस्तै प्रशान्त सिंह आफ्ना प्रतिद्वन्दि ईश्वर श्रेष्ठ भन्दा ९ मत बढि प्राप्त गर्दै ४३ मतका साथ कोषाध्यक्षमा निर्वाचित भए । ईश्वरले ३४ मत प्राप्त गरे । निर्वाचनमा कुल ८० मत खसेको थियो । जसमा एक मत बदर भएको थियो ।

यसैगरि ब्यायाम मन्दिरको ६ सदस्यीय पदका लागि ८ जनाको उम्मेदवारी परेकोमा दिनेश श्रेष्ठ सर्वाधिक ७१ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन् । यस्तै अनिललाल श्रेष्ठ र रेण बहादुर बासुकलाले समान ६५ मत, रोशन महर्जन र निशान्त अमात्यले समान ५७ मत तथा ईश्वर खड्गीले ५४ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भए । अर्का उम्मेदवार संजीव श्रेष्ठले ४५ र राजन कुमार श्रेष्ठले ४३ मत प्राप्त गरे ।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई निर्वाचन आयुक्त घनश्याम मुखियाले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए । घनश्याम मुखियाको संयोजकत्वमा सरोज कुमार श्रेष्ठ र संस्थाका कानुनी सल्लाहकार कुमार भट्टराईको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी