बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. आदीलको बयान, 'स्पट फिक्सिङको प्रस्ताव अस्विकार गरे'

आदीलको बयान, 'स्पट फिक्सिङको प्रस्ताव अस्विकार गरे'

२०२३ फेब्रुअरी २०, सोमबारखेलपाटी संवाददाता

आदीलको बयान, 'स्पट फिक्सिङको प्रस्ताव अस्विकार गरे'

काठमाडौं । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल आलमले आफुलाई आएको प्रस्ताव अस्विकार गरेको र क्यानको एन्टी करप्सन युनिटलाई जानकारी दिएको बयान दिएका छन्।

नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा आदील पक्राउ परेका थिए । आदीलसँगै पूर्व खेलाडी महबुब आलम समेत पक्राउ परेका थिए ।

गत पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगितामा आदीलले जनकपुर रोयल्सबाट खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।

सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । मुद्दामा सोमबारबाट थुनछेक बहस हुँदैछ । 

तर, आदीलले स्पट फिक्सिङको आरोप अस्विकार गरेका छन् । उनले स्पट फिक्सिङको प्रस्तावलाई नकारेको र क्यानका म्यानेजर विनोद दास र एन्टी करप्सन युनिटलाई जानकारी दिएको बयान दिएका छन् ।

आदीलले आफ्नो कम्मरमा समस्या आएकोले बलिङ गर्दा सामान्य भन्दा फरक नो बल र वाइड बल गएको बयान दिएका छन् ।

मोहमद आदिल आलमले गरेको बयान:-

हाल सम्पन्न भएको नेपाल टी-ट्वान्टी लिग शुरु भएको केही दिन पछी सामान्य चिनजान भएका भारतका समिर शेख भन्ने व्यक्तिले हाल सम्पन्न भएको नेपाल टी-ट्वान्टी लिगमा म पनि खेल्न लागेको थाहा पाई मलाई मैले प्रयोग गर्ने वाट्सएप नम्बरमा हेलो भनी मेसेज पठाई सो पश्चात वाट्सएप मै कल गरी “मेरो लागि एउटा नो बल बल र  वाइड बल  फालिदेउ  सो वापत १ लाख रकम दिने भनी प्रस्ताव राखेका थिए तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनि निजसँग कुरा गर्न छाडिदिएको थिएँ । मैले निजको एप्रोच तत्कालै अस्विकार गरेको र निजले भने अनुसार खेल खेलेको पनि छैन् । सो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको थिएँ । सन् २६ डिसेम्बर २०२२ (मिति २०७९।०९।११ गते) भएको खेल खेल्ने क्रममा बाँया भागको कम्मरको नशामा समस्या आएपछी मैले तत्काल टिम कोचलाई जानकारी गराएपछी हाम्रो टिमको फिजियोथेरापिष्ट कर्मा छोडोन गुरुङले मलाई सामान्य उपचार गरिसकेपछी म पुनः खेल खेल्नको लागि मैदानमा गएको थिएँ । सो पश्चातको खेलमा पनि मैले अल राउण्डरकोरुपमा खेल खेली बलिङ गरेको थिएँ । हाम्रो टिममा तिव्रगतिको बलर नभएको कारण मलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको कारण मैले बलिङ गरेको थिएँ । मलाई बाँया भागको कम्मरमा समस्या आएकै कारण मिति २०७९ पौष १२ गते (सन् २०२२ डिसेम्बर २७) मा सम्पन्न भएको काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र मिति २०७९ पौष १४ गते (सन् २०२२ डिसेम्बर २९) सम्पन्न भएको जनकपुर रोयल्स र फार वेष्ट यूनाईटेड बीचको खेलको छैठौं ओभरमा दुखाईको कारण एक नो बल र एक वाईड बल भएको हो । मैले समिर शेखले भने अनुसार बलिङ गरेको होईन । मलाई निज समिर शेखले निजले भने बमोजिम नो बल र वाईड बल गरिदिएमा १ लाख रुपैयाँ दिने भनि WhatsApp मा कल गरी प्रस्ताव गरेका थिए । सामान्य रकम प्रस्ताव गरेको हुँदा मैले यसमा निजले मसँग मजाक गरेका होलान भनि गम्भिरता पुर्वक लिएको थिईन । खेलकै दौरान (मलाई कल आएको एक-दुई दिनपछी) विभिन्न सञ्चार माध्यमहरुमा म्याच फिक्सिङ र स्पट फिक्सिङका बारेमा समाचार प्रकाशन प्रसारण भएको र सर्वसाधारणहरु समेतले यस बारेमा चर्चा परिचर्चा हुन थालेपछी समिर शेखले मलाई फिक्सिङमा प्रयोग गर्न खोजेका हुन सक्छ भनि नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई उक्त एप्रोचको बारेमा जानकारी गराएकोमा निजको सल्लाह बमोजिम सो को भोलीपल्ट Anti-Corruption Manger बिर सिंहलाई जानकारी गराएको हु । मैले निज समिर शेखले भने अनुसार खेल नखेलको र निजसँगबाट रकम समेत लिएको छैन । तर निज समिर शेखले मजाक-मजाकमा नो बल र वाईड बल फाल्न भनेपछि निजलाई मैले अव यस्तो नगर्नु भनि चेतावनी समेत दिई निजसँग कुरा गर्न छाडेको थिएँ । तर उक्त खेल अवधीमा मलाई कम्मर दुख्ने समस्या आएकोले मैले बलिङ गर्दा सामान्य भन्दा फरक नो बल र वाईड बल भएको हो । सोही कारण निज परेश प्रसाद लोहनीलाई शंका लागि Anti- Corruption Unit Officer (ACUO) विर सिंहलाई जानकारी गराउनु भएको हुनसक्छ।

आदीलको बयान'स्पट फिक्सिङको प्रस्ताव अस्विकार गरेएन्टी करप्सन युनिटलाई जानकारी दिए'
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना