सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स र रशिला क्वाटरफाइनलमा

बुधबार, ०३ फाल्गुण २०७९खेलपाटी संवाददाता
प्रिन्स र रशिला क्वाटरफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं ।  नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ वरीयतातर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका बिधान अधिकारी पनि क्वाटरफाइनल पुगे । बिधानले एक जित र एक वाकओभर प्राप्त गर्दै दुई जितका साथ क्वाटरफाइनल पुगेका हुन् । आजको खेलमा अधिकारीले पुलिका पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेका थिए ।

पुरुषको समूह ए बाट नेपाल पुलिसका बिष्णु कटुवाल बिजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरे । उनले दुई खेलमा जित र एक वाकओभरका साथ तीन खेल जित्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । आज सम्पन्न खेलमा कटुवालले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१६, २१–५ ले पराजित गरे । यस्तै यस समूहबाट रुकेश महर्जनले पनि उपबिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाए । रुकेशले एक जित र एक वाकओभर प्राप्त गरेका थिए ।
समूह सीबाट एपिएफका क्षितीज खनाल बिजेता र देवराज राना उपबिजेता बन्दै क्वाटरफाईनलमा स्थान पक्का गर्न सफल भए । क्षितीजले आफ्नो तीनै खेलमा जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । आज सम्पन्न खेलमा क्षितीजले देवराज रानालाई २१–१५, १८–२१, २१–१८ पराजित गरे । देवराजले अघिल्लो दुई खेलमा जित निकाल्दै उपबिजेता बनेका हुन् । यस समूहको अर्को खेलमा एपिएफका बिजीत थापा मगरले पुलिसका दीपक बोहरालाई पराजित गरे । अर्थहिन खेलमा मगरले बोहरालाई २१–१५, २१–१६ ले पराजित गरेका थिए ।
समूह डी तर्फ आर्मीका प्रफुल महर्जन बिजेता र नेपाल पुलिसका सुनिल जोशीले उपबिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाए । प्रफुलले तीन खेलमा तीनै खेलमा जित हात पारे । आज सम्पन्न खेलमा महर्जनले जोशीलाई २१–६, २१–१३ ले पराजित गरे । सुनिले तीनमा दुई खेललाई आफ्नो पक्षमा पार्दै क्वाटरफाईनल यात्रा तय गरेका हुन् । यस समूहको अर्को खेलमा क्वाटरफाईनलको प्रतिस्पर्धाबाट बाहिरी सकेका आर्मीका नरेन्द्र बम र अनिल मल्लविचको खेलमा बमले जित हात पारे । बमले मल्लमाथि १६–२१, २१–१९, २१–१५ ले पराजित गरे ।
अव क्वाटरफाईनमा पुलिसका बिष्णुले एपिएफका देवराजसंग, आर्मीका प्रफुलले कास्कीका बिधानसंग, आर्मीका रुकेशले एपिएफका क्षितीजसंग, पुलिसका सुनिलले पुलिसकै प्रिन्ससंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
महिला तर्फ शिर्ष १२ बरियताको एकल खेलमा समूह ए बाट आर्मीकी रशिला महर्जन बिजेता र पुलिसकी निता लम्साल उपबिजेता, समूह बी बाट आर्मीकी अमिता गिरी बिजेता र एपिएफकी शोभा गौचन उपबिजेता, समूह सी बाट आर्मीकी अनुमाया राई बिजेता र एपिएफकी सुनयना मुखिया उपबिजेता, समूह डी बाट एपिएफकी जेशिका गुरुङ्ग बिजेता र आर्मीकी प्राथना देउवा उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।
आज सम्पन्न खेलमा आर्मीकी रशिलाले पुलिसकी नितालाई २१–१४, २३–२१, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई १३–२१, २१–१५, २१–१५, आर्मीकै अनुमायाले एपिएफकी सुनयना मुखियालाई २१–१९, २१–७ र एपिएफकी जेशिका गुरुङ्गले आर्मीकी प्राथना देउवालाई २१–१०, २२–२० ले पराजित गरे ।
अव क्वाटरफाईनलमा रशिलाले सुनयना, जेशिकाले शोभा गौचन, निताले अनुमाया र अमिता गिरीले प्राथना देउवासंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Bajaj Pulsar Motorcycle Ad
प्रिन्स र रशिला क्वाटरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

एमबाप्पेको सुखद् पुनरागमन

एमबाप्पेको सुखद् पुनरागमन

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन