पुष्पलाल स्मृती ब्याडमिन्टन मंगलबारबाट

काठमाडौं । नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ ।
प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।
शहिद रङ्गशालास्थित कभर्डहलमा फागुन २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ । प्रतियोगिताको नाम ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ रहने छ । प्रतियेगिताको सहप्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेकोछ भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने ब्यवस्था गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २५० खेलाडीहरुको सहभागिता रहनेछ ।
करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ । जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन् । यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै उच्च वरीयता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।













-1761998475071.jpg&w=3840&q=75)


