सत्यवती र लोटस आई अन्तिम चारमा

धनगढी । साविक विजेता सत्यवती एकेडेमी अत्तरिया र लोटस आई स्कुल अत्तरिया कैलालीको धनगढीमा जारी अन्डर-१९ बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फाप्ला मैदानमा आइतबार सत्यवतीले भुवनेश्वरी बिद्या मन्दिर कंचनपुरलाई तथा लोटस आईले सैनिक आवासीय महाबिद्यालय तेघरिलाई पराजित गर्यो । जितसँगै समूह 'बी' बाट दुबै टोली अन्तिम चारमा पुगेका हुन् ।
पहिलो खेलमा सत्यवती एकेडेमीले भुवनेश्वरी बिद्या मन्दिरलाई ३९ रनले पराजित गर्यो। सत्यवतीले समूह चरणको सबै ४ खेलमा जित दर्ता गर्यो।
खेलमा सत्यवतीले दिएको १३७ रनको लक्ष्य पछ्याएको भुवनेश्वरीले १६.४ ओहरमा ९७ रनमा सबै विकेट गुमायो।
भुवनेश्वरीको लागि बिपिन धामी र कैलाश ऐरले समान १४, सुनिल चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाए।
सत्यवतीका बलर युबराज खत्रीले सर्वाधिक विकेट लिए जसले ४ ओभरमा २३ रन खर्चिए। उनि प्लेयर अफ द म्याच घोषित भए। जित साउद र सुजन गौतमले २/२ तथा निरज भट्टले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १३६ रन बनायो।
सत्यवतीका ब्याटर खगेन्द्र जोशीले सर्वाधिक ३७ रन बनाए। यस्तै सुजन गौतमले २६, सोनु अन्सारीले १८ तथा जित साउदले अविजित १४ रन बनाए। भुवनेश्वरी विद्या मन्दिरका कैलाश ऐर, खगेन्द्र ठगुन्ना र राहुल चन्दले २/२ विकेट लिए।
दोश्रो खेलमा लोटस आई स्कुलले सैनिक आवासीय माविलाई १०५ रनले पराजित गर्यो। समूह चरणमा सबै ४ खेल खेल्दा लोटस आईले ३ जित र १ हार दर्ता गर्यो।
खेलमा १७३ रनको लक्ष्य पछ्याएको सैनिकले २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षतिमा ६७ रन मात्र बनायो।
सैनिकको लागि सन्दिप बिस्टले २४ तथा बिशाल ऐरले १६ रन बनाए। लोटसका बलर सन्तोष बिजलेले सर्वाधिक ३ विकेट तथा आयुब चन्द र प्रेम शाहले २/२ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको लोटस आईले २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो। उसको लागि योगेश भाटले सर्वाधिक ७८ रन बनाए जुन क्रममा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै प्लेयर अफ द म्याच समेत घोषित आयुब चन्दले ६१ रन बनाए।







-1766479491057.jpeg&w=3840&q=75)



-1766541370309.webp&w=3840&q=75)


-1766493993239.jpg&w=3840&q=75)
