मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद महासंघको नेतृत्व चयनको सरगर्मी सुरु

बिहिबार, २६ माघ २०७९खेलपाटी संवाददाता
खेलकुद महासंघको नेतृत्व चयनको सरगर्मी सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा फागुनको पहिलो साता सुरु हुदैछ । एमालेको जनवर्गिय संगठनको रुपमा रहेको महासंघको केन्द्रिय महाअधिवेशन फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा हुन लागेको हो ।

महाधिवेशनले नयाँ नेतृत्व सहित सिंगो कार्यसमिति चयन गर्दैछ । एमालेको खेलकुद हाँक्ने संगठनको रुपमा रहेको खेलकुद महासंघको नयाँ नेतृत्व चयनका लागि सरगर्मी सुरु भएको छ । 

महासंघको नयाँ नेतृत्वका लागि वर्तमान संयोजक पर्शुराम बस्नेत सहित आधा दर्जन नेता प्रत्यासी देखिएका छन् । महासंघको संयोजक रहेका बस्नेत निर्वाचनमार्फत खेलकुद महासंघको नेतृत्वमा आउन चाहेका छन् । तर महासंघको आसन्न महाधिवेशनमा खेलकुद पृष्ठभुमीकै नेतालाई संगठनको नेतृत्वमा स्थापित गराउनुपर्ने लबिङ समेत चर्को छ ।

खेलकुद पृष्ठभुमीका सुबास श्रेष्ठ, उपेन्द्र पौडेल, भिम ओली, ओमकृष्ण प्रसाई, चेतनराज गिरी लगायतका नेताले महासंघको आसन्न नेतृत्वका लागि गृहकार्य गरिरहेका छन् । युवा संघको राजनीति पृष्ठभुमीबाट खेलकुदमा आएका प्रभातबिक्रम कट्वाल समेत अध्यक्षका अर्का प्रत्यासी हुन् । 

महासंघको नयाँ कार्यसमितिको आकार टुङ्गो लागिसकेको छैन । तर नेतृत्वमा दाबी गरेर पदाधिकारीमा अटाउने धेरै नेताको रणनीति देखिन्छ । नयाँ कार्यसमितिको महासचिवका लागि उमेश केसी चौलागाईले आन्तरिक गृहकार्य गरिरहेका छन् । देशभरबाट आउने प्रतिनिधिको अन्तिम छनोट टुङ्गो लागेपछि नेतृत्वको रस्साकस्सी थप पेचिलो बन्ने महासंघका एक पदाधिकारी बताउँछन् । 

एमालेको खेलकुदको मुद्धालाई बोक्ने संगठनको रुपमा नेपाल खेलकुद महासंघको स्थापना २०६५ सालमा बुटवल महाधिवेशनमा भएको हो । पुरुषोत्तम पौडल लगायतका नेता महाधिवेशनमा पराजित बनेपछि तत्कालिन पाटी अध्यक्ष झलनाथ खनालले पौडेलको नेतृत्वको महासंघको गठन गरेका थिए । एमालेभित्र खेलकुद महासंघ तत्कालिन नेतृत्वमा रहेका झलनाथ खनाल र माधव नेपालको गुटको रुपमा काम गरेको आरोप लाग्ने गरेको थियो । 

महासंघलाई काउन्टर दिन एमालेभित्र केपी ओली समूहले मदन भण्डारी स्पोर्टस फाउन्डेसनको नाममा खेलकुदमा गतिविधि गर्दै आएका थिए । तत्कालिन नेकपाको विभाजनपछि तत्कालिन प्रधानमन्त्री एवंम पाटी अध्यक्ष ओलीले रमेश पौडेलको नेतृत्वमा महासंघको पुनर्गठन गरेका थिए । पौडेल लगायतका नेता पार्टीको केन्द्रिय कमिटीमा आएपछि पर्शुराम बस्नेतलाई महासंघको संयोजक तोकिएको हो । बस्नेत संयोजकत्वको कमिटीले विराटनगरमा महासंघको दोस्रो महाधिवेशन गर्ने तयारी गरेको छ । 

Loading ad...
LiNing Ad
#खेलकुद महासंघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने