• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कस्ता छन् त पिपल्स च्वाइस विधाका खेलाडी ?
खेलपाटी संवाददाता
सोमबार, माघ २३, २०७९ खेलपाटी संवाददाता
कस्ता छन् त पिपल्स च्वाइस विधाका खेलाडी ?

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा पर्ने खेलाडीमा फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन् ।

एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा पर्ने ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् ।

पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको छ । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको छ ।

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने छ ।

मनोनयनमा परेका खेलाडीको परिचय -   

डुवाना लामा (पौडी)

– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ९ स्वर्ण, १ रजत पदक

– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा २ रजत र ३ कांस्य पदक

– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ स्वर्ण र ५ रजत पदक

– २०६४ सालदेखि निरन्तर पौडीमा सक्रिय सहभागिता

– फिना विश्व च्याम्पियनसिप २०१८, चीन

– हङकङ ओपन स्विमिङ च्याम्पियनसिप २०१८

– १९औं फिना विश्व च्याम्पियनसिप बुडापेस्ट २०२२

– सिंगापुर नेसन्स च्याम्पियनसिप,

– एसियन एज ग्रुप च्याम्पियनसिप

अञ्जन विष्ट (फुटबल)

– बंगलादेशविरुद्धको मैत्रीपुर्ण फुटबल खेलमा ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने छैटौं नेपाली खेलाडी

– राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल खेलाडी । सर्वाधिक गोलकर्ताको दौडमा तेस्रो स्थानमा रहन सफल । उनीभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्कामात्र अगाडि ।

– सहिद स्मारक ए डिभिजन लिगमा

– पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा निर्णायक गोल । उनको गोलबाट १४ वर्षपछि पाकिस्तानलाई हराउन सफल

– विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह ‘बी’ मा चाइनिज ताइपेइविरुद्ध गोल

– १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बंगलादेशविरुद्ध गोल ।

– भारतको फुटबल लिगमा मुम्बई केन्क्रे एएफसीबाट व्यावसायिक फुटबल खेलेका ।

– मनाङ मस्र्याङ्दीका पूर्वकप्तान

– हाल चर्च ब्वाइज युनाइटेडसँग आबद्ध ।

अभिलाषा विष्ट (टेनिस)

– नेपालकी नम्बर एक महिला टेनिस खेलाडी

– आईटीएफअन्तर्गतका प्रतियोगितामा व्यावसायिक टेनिस खेलिरहेकी

– प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी ।

– त्रिभुवन आर्मी क्लबबाट खेल्दै नवौं राष्ट्रिय खेलकुदमा चारै स्वर्ण पदकमा क्लिनस्विप गर्दै कीर्तिमान । महिला टिम इभेन्ट, महिला एकल, महिला डबल्स र मिक्स डबल्समा स्वर्ण पदक ।

– वीर गणेशमान सिंह राष्ट्रिय ओपन टेनिसअन्तर्गत महिला एकलमा स्वर्ण

– १९औं माछापुच्छ«े बैंक राष्ट्रिय ओपन टेनिसको महिला एकलमा स्वर्ण

– पाकिस्तानमा भएको आईटीएफ वल्र्ड ¥याङकिङ प्रतियोगितामा महिला एकलमा रजत । महिला डबल्समा स्वर्ण

– आईटिएफ विश्व ¥याङकिङ प्रतियोतगा पोखरामा महिला डबल्समा स्वर्ण पदक

 

उषा भण्डारी (भलिबल)

– नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य

– नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले बंगलादेशविरुद्ध खेलेर डेब्यु गरिन् ।

– नेपाल सन् २०१९ मा बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियन टिम बन्दाकी सदस्य । जतिबेला उनी १४ वर्षको उमेरमा थिइन् ।

– नेपालले २०२१ को डिसेम्बरमा दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य ।

– घरेलु प्रतियोगिताहरू नेपाल पुलिस क्लबबाट खेल्ने ।

– माल्दिभ्समा फाल्कोन क्लबबाट सन् २०२२ मा व्यावसायिक प्रतिस्पर्धा

– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित

आसिफ शेख (क्रिकेट

– ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमै अविजित अर्धशतक । नेदरल्यान्ड्सविरुद्ध ओपनर कुशल भुर्तेलसँग ११६ रनको साझेदारी । यो नेपालको उच्च ओपनिङमा उच्च साझेदारी ।

– एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको तेस्रो उच्च रनकर्ता (२३ खेलमा ५ अर्धशतक, ६५५ रन ) 

– ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको पाँचौं उच्च रनकर्ता (२० खेलमा २ अर्धशतकसहित ४६८ रन )

– एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो र दोसं्रो विकेटको लागि उच्च साझेदारी । पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११४ रनको ( २०२२ मा ओमान विरुद्ध ) , दोश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग १२२ रनको ( २०२२ मा युएई विरुद्ध )

– केन्याविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक (११० रन, २०२२ सेप्टेम्बर)

– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा शतक (कर्णाली प्रदेशविरुद्ध १३० रन )

– आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको शीर्ष १०० स्थानभित्र पर्न सफल

– युएईविरुद्ध घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको निर्णायक तेस्रो खेलमा अविजित ८८ रन बनाउँदै प्लेयर अफ द म्याच

– स्कटल्यान्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय जितमा ७१ रन बनाउँदै प्लेयर अफ द म्याच (२०२२ जुलाई )

– केन्या भ्रमणअन्तर्गत तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा प्लेयर अफ द सिरिज घोषित ।

– सन् २०२३ मा आईसीसीको स्पिरिट अफ क्रिकेट अवार्ड जित्न सफल । यो अवार्ड पाउने पहिलो नेपाली खेलाडी ।

– २०२१ मा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय जित, २०२२ मा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज, २०२१ मा नेदरल्यान्डस र मलेसियाविरुद्ध ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज, २०२२ मा मलेसिया र पपुवा न्यु गिनीविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जित, २०२२ मा केन्याविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जित पाउँदाका सदस्य ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP