खुम्बु ल्होसार कपलाई केटीएम सिटीको प्रायोजन
शुक्रबार, माघ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले १३ औं खुम्बु ल्होसार कप फुटबललाई प्रायोजन गरेको छ ।
नेपाली ब्राण्ड केटीएम सिटीले आधिकारिक किट पार्टनरको रुपमा खुम्बु ल्होसार कप फुटबललाई प्रायोजन गरेको हो।
आयोजक खुम्जुङ युवा क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको जनाएको छ ।
प्रतियोगिता माघ २८ देखि फागुन ६ गतेसम्म आयोजना हुनेछ ।
सानो गौचरण खेलकुद मैदानमा हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
शेर्पा समुदायको महान चाड ल्होसार (नयाँ वर्ष) को अवसरमा प्रतियोगिता विगत १२ वर्षदेखि हुँदै आएको छ ।

खुम्बु ल्होसार कपलाई केटीएम सिटीको प्रायोजन







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)