बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।
बन्द प्रशिक्षणमा रहेका ४३ खेलाडीबाट १० खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले ४३ खेलाडीबाट घटाएर ३३ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण मंगलबारबाट एन्फा कम्प्लेक्समा सुरु भएको थियो ।
भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।
नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ ।
मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।
नेपाली टोली -
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सपना राई
डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, गंगा गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे, अञ्जली वाइबा, सिर्जना चेम्जोङ
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, सविता राना मगर, सरु लिम्बु, सरस्वती हमाल, दीपा शाही, रेणुका नगरकोटी, सरस्वती ऐयर, अनिता बस्नेत, दीपा न्यौपाने, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्र भण्डारी, प्रीति राई







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)