रुपेश फ्रेन्ड्समा अनुबन्धित
शुक्रबार, माघ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सले मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले शुक्रबार सामाजिक संजालबाट रुपेशलाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि रुपेशलाई तेस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
रुपेशले अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।
यस अघि फ्रेन्ड्सले गोलकिपर विशाल सुनार र फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको थियो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
रुपेश फ्रेन्ड्समा अनुबन्धित







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)