नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।
ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन्। मस्ट अक्लिमा खातुनले एक गोल गरिन् ।
नेपालका मनमाया दमाइले एक गोल फर्काईन् ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खातुनको गोलबाट तेस्रो मिनेटमै बंगलादेशले अग्रता बनाएको थियो ।
खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् ।
खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गरेपछि खेल २-१ को स्थितिमा रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३-१ ले विजयी भयो ।
यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)