बंगलादेशविरुद्ध नेपाल २-१ ले पछाडी
शुक्रबार, माघ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो खेलमा अहिले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-१ ले पछाडी परेको छ ।
पहिलो हाफमा बंगलादेशकी मस्ट अक्लिमा खातुन र शम्सुनाहरले एक एक गोल गरिन् ।
नेपालकी मनमाया दमाइले एक गोल गरेकी छिन् ।
आज नेपाल जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ । बंगलादेश पनि सुखद सुरुआतको योजनामा रहेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
बंगलादेशविरुद्ध नेपाल २-१ ले पछाडी







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)