विदेशिएका खेलाडीलाई लिग खेल्न नेपाल फर्कन आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदेशमा रहेका नेपाली खेलाडीलाई सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल खेल्नका लागि स्वदेश फर्कन आग्रह गरेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले खेलाडीलाई लिग खेल्न स्वदेश फर्कन आग्रह गरे ।
खेलाडी विदेश पलायन हुँदा एन्फालाई चोट पुगेको उल्लेख गर्दै महासचिव राईले लिगका लागि विदेश गएका खेलाडीलाई स्वदेश फर्कन आग्रह गरे ।
'खेलाडी विदेशिएको विषयमा एन्फाले गम्भीर रुपमा लिएको छ । यसले एन्फालाई चोट पुगेको छ,' महासचिव राईले भने, 'म विदेशमा रहेका खेलाडीलाई लिग खेल्न नेपाल फर्कन आग्रह गर्छु ।'
पछिल्लो समय एन्फा र 'ए' डिभिजन क्लबबीचको विवादका कारण शीर्ष डिभिजनको लिग समयमा नहुँदा थुप्रै खेलाडी विदेशिएका छन् ।
राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका २ दर्जन बढी खेलाडी अष्ट्रेलिया पलायन भएका छन् ।
महसचिव राईले केहि खेलाडी लिग खेल्नका लागि नेपाल फर्कदै गरेको आफुले सुनेको र केहि फर्किसकेको समेत बताए ।
महासचिव राईले खेलाडीलाई नेपालमै खेलेर जीविकोपार्जन गर्न सक्ने बनाउन योजना बनाईरहेको बताए ।
तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)