भुटानमाथि भारतको १२ गोल
शुक्रबार, माघ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार भुटानलाई १२-० गोल अन्तरले हराउँदै भारतले सानदार सुरुआत गरेको हो।
भारतको जितमा अनिता, लिन्डा र नेहाले ह्याट्रिक गरिन् । अपूर्णले दुई गोल गर्दा नितुले एक गोल गरिन् ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले आज बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
भुटानमाथि भारतको १२ गोल







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)