यू-१७ महिला टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

काठमाडौं । यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा २८ खेलाडी डाकेको छ ।
बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार २८ प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् ।
प्रतियोगिता आगामी मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रारम्भिक टोली
गोलकिपरः सुजाता तामाङ , राधिका ओली , पुष्पा रोकाया , करुणा बुढाथोकी
डिफेन्डरः अमिता भुल , माया मास्के , झुमा विश्वकर्मा , विपना स्नेही , सीता रोकाया , लीला चन्द , अञ्जना पुनमगर , प्रेना डोल्मा लामा , दीपा मगर , सिमरन राई , रेनु लिम्बू चाबेगु
मिडफिल्डरः रुपा लिम्बू , डिलामाया घिसिङ , भावना परियार , विकल्पकुमारी चौधरी , सुमी राई, सुक्रिया मियाँ , काजल स्याङ्तान, सुशीला केसी, पुनम चेम्जोङ
फरवार्डः सेनु परियार , दीपा रोकाया , वर्षा ओली , कविता गुरुङ







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)