एस फुटबल च्याम्पियनसिप आइतबारबाट
शुक्रबार, माघ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एस फुटबल च्याम्पियनसिप प्रतियोगिता आइतबार माघ २२ गते बाट सुरु हुने भएको छ ।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आइतबारबाट सुरु हुने जनाएको छ ।
लगनखेलस्थित आर्मी शारीरिक ट्रेनिङ एण्ड स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता माघ २९ गतेसम्म चल्नेछ ।
अन्तर कलेज फुटबल प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा १५ म्यानेजमेन्ट कलेजको सहभागिता रहेको छ ।
सहभागी १५ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद, ट्रफी मेडलसहित ७० हजार बराबरको पुरस्कार पाउने छन् ।
यस्तै उपविजेताले ३५ हजार बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।

एस फुटबल च्याम्पियनसिप आइतबारबाट







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)