विशाल पनि अष्ट्रेलियातर्फ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन् ।
राष्ट्रिय टोलीका नियमित सदस्य विशाल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनको लिग नजिकिदै गर्दा अष्ट्रेलिया लागेका हुन् ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उनी टिमका मुख्य खेलाडी थिए ।
विशालले मनाङ मर्स्याङ्दी क्लबबाट समेत लिगको उपाधि जितेका थिए ।
विशालले नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट खेलेका हुन् ।
विशालले नेपालका लागि २८ खेलमा ३ गोल गरेका छन् ।
पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबबीचको विवादका कारण शीर्ष डिभिजनको लिग समयमा नहुँदा थुप्रै खेलाडी विदेशिया छन् । जसमा विशाल थपिएका हुन् ।
















