घानाका कप्तान फरेस्टमा अनुबन्धित
शुक्रबार, २० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब नटिङघम फरेस्टले घानाका कप्तान आन्द्रे आयुलाई अनुबन्ध गरेको छ ।
फरेस्टले फरवार्ड आयुलाई फ्री एजेन्टमा अनुबन्ध गरेको हो ।
फरेस्टले यस सिजनको अन्तिमसम्मका लागि उनलाई अनुबन्ध गरेको हो ।
३३ वर्षीय फरवार्ड कतारी क्लब अल साद छाडेपछि क्लब विहीन रहेका थिए ।
दुई वर्ष कतारी क्लबमा बिताएर उनी प्रिमियर लिग फर्किएका हुन् ।
आयुले यस अघि स्वान्सी र वेस्ट ह्यामबाट खेलेका थिए ।
'फरेस्टसँग सम्झौता गर्न पाउँदा महान अनुभूति भएको छ,' सम्झौतापछि उनले भने ।
घानाका कप्तान फरेस्टमा अनुबन्धित















