रोड्रिगो दुई महिना मैदान बाहिर
शुक्रबार, २० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडका फरवार्ड रोड्रिगो दुई महिना मैदान बाहिर रहने भएका छन् ।
रोड्रिगो एन्कल इन्जुरीका कारण दुई महिना मैदान बाहिर रहने भएका हुन् ।
एफए कप अन्तर्गत एक्रिङ्गटन स्टेनलीविरुद्धको खेलमा रोड्रिगोले चोट बोकेका थिए ।
स्पेनिस फरवार्डको चोटको शल्यक्रिया गरिएको बताईएको छ ।
३१ वर्षीय रोड्रिगो २०२० मा भ्यालेन्सियाबाट लिड्स आएका थिए ।
यस सिजन रोड्रिगोले १२ गोल गरेका छन् ।
यस सिजन २६ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् ।
रोड्रिगो दुई महिना मैदान बाहिर















