ग्रीनउडविरुद्धको आरोप खारेज
शुक्रबार, २० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउडमाथि लागेको बलात्कार र आक्रमणको आरोप खारेज भएको छ ।
ग्रेटर म्यानचेस्टर प्रहरीले ग्रीनउडविरुद्धका सबै आरोपहरू खारेज भएको घोषणा गरेको छ ।
प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउड गत वर्षको जनवरीमा पक्राउ परेका थिए ।
प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेका थिए । रगत बगिरहेको र शरीरमा निलडाम भएको रोब्सनको तस्बीरहरु भाइरल बनेको थियो ।
तर, पीडित पक्षबाट मुद्दा फिर्ता लिएपछि ग्रीनउडविरुद्ध लागेको सबै आरोप खारेज भएको हो ।
विवादमा तानिएपछि युनाईटेडले उनलाई निलम्बन गरेको थियो । सबै आरोप खारेज भएपछि इंग्ल्यान्डका युवा फरवार्ड युनाईटेडको टोलीमा सामेल हुने छन् ।
ग्रीनउडविरुद्धको आरोप खारेज















