युभेन्ट्स सेमिफाइनलमा
शुक्रबार, २० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा लाजियोलाई १-० गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।
युभेन्ट्सको जितमा ग्लिसन ब्रेमेरले निर्णायक गोल गरे ।
खेलको ४४ औं मिनेटमा ब्रेमेरले गोल गरेका थिए ।
जुन गोल युभेन्ट्सको जितमा प्रयाप्त रह्यो ।
अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ ।
युभेन्ट्स सेमिफाइनलमा















