रियलको सहज जित
शुक्रबार, २० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा मार्को एसेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा रियलका रुडिगरले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई मान्यता दिएन।
५२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जित पक्का गरे ।
खेलको ७२ औं मिनेटमा गाब्रिअल पाउलिस्टाले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ ।
दोस्रो स्थानको रियलले १९ खेलमा ४५ अंक जोडेको छ ।
बार्सिलोनाको ५० अंक रहेको छ ।
भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
रियलको सहज जित















