एमबाप्पे ३ हप्ता मैदान बाहिर रहने
बिहिबार, १९ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन हप्ता मैदान बाहिर रहने भएका छन् ।
एमबाप्पे थाइ इन्जुरीका कारण ३ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति मोन्टपेलियरविरुद्धको खेलमा उनले चोट बोकेका थिए ।
पीएसजीले ३-१ को जित निकालेको खेलमा एमबाप्पे २१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखसँगको खेल गुमाउने सम्भावना बढेको छ ।
पीएसजीले फेब्रुअरी १४ मा बायर्नसँग खेल्नेछ ।
एमबाप्पे ३ हप्ता मैदान बाहिर रहने















