एएफसीको इन्टर्नसिप गर्दै युजल
बिहिबार, माघ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का इन्टरनेशनल कम्युनिकेसन एण्ड क्लब लाइसेन्सिङ अफिसर युजल श्रेष्ठले एसियाली फुटबल महसंघ (एएफसी) मा इन्टर्नसिप गर्ने भएका छन् ।
युजलले मलेसियाको क्वालालाम्पुरस्थित एएफसीको मुख्यालयमा तीन महिना इन्टर्नसिप गर्ने भएका हुन् ।
युजलले एएफसीको एसोसिएसन डिभिजनको सदस्यका रुपमा इन्टर्नसिप गर्ने छन्। युजल एएफसीको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत इन्टर्नसिप लागि छनोट भएका हुन् ।
युजल एएफसीको इन्टर्नसिपका लागि छनोट हुने पहिलो नेपाली हुन् ।
इन्टर्नसिप एएफसीले आफ्ना सदस्य संघका सहभागीहरूलाई आ-आफ्नो संस्थामा प्रशासनिक कार्य क्षमता सुदृढ गर्न सहयोग गर्ने उदेश्यले सुरु गरेको कार्यक्रम हो ।
एएफसीको इन्टर्नसिप गर्दै युजल







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)