संकटाले अनुबन्ध गर्यो तीन खेलाडी
बिहिबार, १९ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब संकटाले तीन खेलाडीलाई अनुबन्ध गरेको छ ।
संकटाले फरवार्ड ललित चौलागाई, फरवार्ड अनिश महर्जन र गोलकिपर निशान रानालाई अनुबन्ध गरेको छ ।
संकटाले बिहीबार सामाजिक संजालबाट तीन खेलाडीलाई अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि संकटाले तीन खेलाडीलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
संकटाले अनुबन्ध गर्यो तीन खेलाडी















