डिफेन्डर संजय र सोनित हिमालयन शेर्पामा
बिहिबार, माघ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब हिमालयन शेर्पाले डिफेन्डर संजय राजबाहक र सोनित दाहाललाई अनुबन्ध गरेको छ ।
हिमालयनले बिहीबार सामाजिक संजालबाट डिफेन्डर संजय र सोनितलाई अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि हिमालयनले दुई डिफेन्डर अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
यस अघि हिमालयनले खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको थियो।
डिफेन्डर संजय र सोनित हिमालयन शेर्पामा







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)