'उत्कृष्ट नतिजाका लागि खेल्छौं'
काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप भोलि शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले शुक्रबार आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ । किनकि नेपालले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङ प्रतियोगितामा राम्रो प्रदर्शन तयार रहेको बताउँछन् ।
'प्रतियोगिताका लागि हामीले राम्रो तयारी गरेका छौँ । सहभागी सबै चार टोली उस्तै र प्रतिस्पर्धात्मक छन्,' बिहीबार आयोजित प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक गुरुङले भने, 'आयोजकको रुपमा बंगलादेशलाई फाइदा छ । तर मैदानको प्रदर्शनले निर्धारण गर्छ । हाम्रो टिम प्रदर्शनका लागि तयार छ ।'
नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीका सदस्य समेत हुन् ।
प्रतियोगितामा राम्रो नतिजा ल्याउन टिम तयार रहेको प्रिती बताउछिन् ।
'प्रतियोगिताका लागि तयारी राम्रो छ । आयोजक भएकाले बंगलादेशलाई फाईदा छ । यू-१७ विश्वको खेलेको भारत अनुभवी छ । भुटानले राम्रो गरिरहेको छ,' प्रितीले भनिन्,'हामी मेहेनत गरेर खेल्छौं । राम्रो नतिजा निकाल्छौ ।'
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोली -
गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)