फिफा रेफ्रीलाई ब्याच प्रदान
बिहिबार, माघ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ फिफा रेफ्री र ७ फिफा सहायक रेफ्रीलाई ब्याच प्रदान गरेको छ।
एन्फाले बिहीबार ५ फिफा रेफ्री र ७ फिफा सहायक रेफ्रीलाई २०२३ को ब्याच प्रदान गरेको हो ।
ब्याच पाउने फिफा रेफ्रीमा अन्जना राई, नविन्द्र महर्जन, कबिन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ रहेका छन्।
फिफा सहायक रेफ्रीको ब्याच पाउनेमा राधिका शाक्य, नानीराम थापा मगर, माधव केसी, युनाल मल्ल, शहदेब श्रेष्ठ, बिक्रम चौधरी, किशन कनैया यादव रहेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई र एन्फा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले रेफ्रीहरुलाई ब्याच वितरण गरे ।
कार्यक्रममा एन्फा रेफ्री संघका महासचिव बलराम थापा, कोषाध्यक्ष सचिन अमात्य र सदस्य शैलेश जोशीको पनि उपस्थिति रहेको थियो ।

फिफा रेफ्रीलाई ब्याच प्रदान







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)