उत्सवले गरे मछिन्द्रसँग सम्झौता नवीकरण
बिहिबार, माघ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । मिडफिल्डर उत्सव राईले सहिद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले बिहीबार मिडफिल्डर उत्सवले सम्झौता नवीकरण गरेको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि उत्सवसँगको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
यस अघि मछिन्द्रले राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र मिडफिल्डर अविशेक गुरुङसँगको सम्झौता नवीकरण गरिसकेको छ ।
मछिन्द्रले फरवार्ड विजय भुजेल, मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निसेन सुब्बा, फरवार्ड सौरभ लिम्बु र प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको थियो ।

उत्सवले गरे मछिन्द्रसँग सम्झौता नवीकरण







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)