चेल्सी जनवरी ट्रान्सफरमा सर्वाधिक खर्च गर्ने क्लब
बिहिबार, माघ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । चेल्सी जनवरी ट्रान्सफर विन्डोमा सर्वाधिक खर्च गर्ने क्लब बनेको छ ।
चेल्सीले जनवरी ट्रान्सफरमा ३६३.६ मिलियन युरो खर्च गरेको छ ।
चेल्सी जनवरी ट्रान्सफरमा एन्जो फर्नान्डेजलाई कीर्तिमानी १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।
यस्तै दोस्रो स्थानमा साउथह्याम्पटन रहेको छ । साउथह्याम्पटनले ६३.२५ मिलियन युरो खर्च गरेको छ ।
आर्सनल ६०.३ मिलियन युरो खर्च गर्दै तेस्रो स्थानमा रहेको छ ।
बर्नेमाउथले ५६.२ मिलियन युरोसहित चौंथो र न्युकासल युनाईटेड ४९.३५ मिलियन युरो खर्चेर पाँचौ स्थानमा रहेको छ।
छैटौं स्थानमा रहेको लिभरपुलले जनवरी ट्रान्सफरमा ४२ मिलियन युरो खर्चेको छ ।
लिड्सले ४१.२ मिलियन, मार्सेले ४० मिलियन, उल्भ्सले ३८.५१ मिलियन र लेस्टर सिटीले ३१ मिलियन युरो खर्चिएको छ ।
चेल्सी जनवरी ट्रान्सफरमा सर्वाधिक खर्च गर्ने क्लब







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)