प्रिमियर लिगका १० महँगा खेलाडी

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले बुधबार अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गर्यो ।
चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
यससँगै २२ वर्षीय मिडफिल्डर प्रिमियर लिगका सर्वाधिक महँगा खेलाडी बनेका छन् ।
म्यानचेस्टर सिटीका ज्याक ग्रेलिसलाई पछि पार्दै एन्जो सर्वाधिक महँगा खेलाडी बनेका हुन् ।
सिटीले २०२१ मा ग्रेलिसलाई एस्टन भिल्लाबाट कीर्तिमानी १०० मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
प्रिमियर लिगको इतिहासमा सर्वाधिक महँगा खेलाडी एन्जो हुँदा ग्रेलिस दोस्रो स्थानमा झरेका छन् ।

प्रिमियर लिगको इतिहासमा महँगा खेलाडीको तेस्रो स्थानमा रोमेरो लुकाकु, चौंथो स्थानमा पाउल पोग्बा र पाँचौं स्थानमा एन्टोनी रहेका छन् ।
लुकाकुलाई चेल्सीले २०२१ मा इन्टर मिलानबाट ९९ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
त्यस्तै म्यानचेस्टर युनाईटेडले पोग्बालाई ९२ मिलियन पाउण्डमा युभेन्ट्सबाट अनुबन्ध गरेको थियो ।
म्यानचेस्टर युनाईटेडले नै यसै सिजन एन्टोनीलाई आयाक्सबाट ८६ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
ह्यारी मग्वाएर, जाडोन सान्चो, लुकाकु, भिर्गिल भान डाइक र वेस्ले फोफाना छैटौं देखि शीर्ष १० औं महँगा खेलाडीको रुपमा रहेका छन् ।
युनाईटेडले नै ह्यारी मग्वाएर अनुबन्ध गर्दा ७६ मिलियन खर्च गरेको थियो ।
युनाईटेडले नै सान्चो अनुबन्ध गर्दा ७५ मिलियन, युनाईटेडले नै लुकाकु अनुबन्ध गर्दा ७४ मिलियन, लिभरपुलले भान डाइक अनुबन्ध गर्दा ७४ मिलियन र चेल्सीले फोफाना अनुबन्ध गर्दा ७० मिलियन खर्चिएको थियो ।








-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)