एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
बुधबार, १८ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । सन् २०२७ को एएफसी एसियन कप फुटबल प्रतियोगिता साउदी अरेबियामा आयोजना हुने भएको छ ।
बहराइनमा बुधबार बसेको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ३३ औं कंग्रेसले एसियन कप- २०२७ साउदी अरेबियामा गर्ने निर्णय गरेको हो ।
यस अघि २०२७ को एसियन कप आयोजनाका लागि भारतले दाबी पेश गरेको थियो । तर, भारतले दाबी फिर्ता लिएको थियो ।
सन् २०२३ को एएफसी एसियन कप भने कतारमा आयोजना हुनेछ ।

एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने















