फरवार्ड विजयले मछिन्द्रबाट लिग खेल्ने
बुधबार, माघ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले फरवार्ड विजय भुजेललाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले बुधबार फरवार्ड विजयलाई अनुबन्धित गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि विजयलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
विजयले अघिल्लो सिजनको लिग थ्री स्टार क्लबबाट खेलेका थिए ।
यस अघि मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निसेन सुब्बा, फरवार्ड सौरभ लिम्बु र प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको थियो ।
त्यस्तै राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र मिडफिल्डर अविशेक गुरुङसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

फरवार्ड विजयले मछिन्द्रबाट लिग खेल्ने







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)