कान्सेलो बायर्नमा अनुबन्धित
मंगलबार, माघ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले डिफेन्डर जोआ कान्सेलोलाई अनुबन्ध गरेको छ ।
जनवरी ट्रान्सफरको डेडलाइन डेमा बायर्नले कान्सेलोलाई लोनमा अनुबन्ध गरेको हो ।
बायर्नले म्यानचेस्टर सिटीका डिफेन्डर कान्सेलोलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
बायर्नमा कान्सेलोले २२ नम्बरको जर्सी लगाउने छन् ।
सिटीले कान्सेलोलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको बिकल्प समेत दिएको छ ।
२८ वर्षीय फुलब्याक कान्सेलो २०१९ मा युभेन्ट्सबाट सिटी आएका थिए ।
पोर्चुगिज डिफेन्डरले सिटीका लागि ९८ खेल खेलिसकेका छन् ।
पेप ग्वार्डीओलाको नेतृत्वमा उनले दुई लिग र ईएफएल कप जितिसकेका छन् ।
कान्सेलो बायर्नमा अनुबन्धित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)