मिडफिल्डर अविशेकले मछिन्द्रबाटै खेल्ने
मंगलबार, माघ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । मिडफिल्डर अविशेक गुरुङले सहिद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले मंगलबार मिडफिल्डर अविशेकले सम्झौता नवीकरण गरेको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि अविशेकको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
यस अघि मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निसेन सुब्बा, फरवार्ड सौरभ लिम्बु र प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको थियो ।
त्यस्तै राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

मिडफिल्डर अविशेकले मछिन्द्रबाटै खेल्ने









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)