मुख्य प्रशिक्षक गटुसोले छाडे भ्यालेन्सिया
मंगलबार, माघ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाका मुख्य प्रशिक्षक गेनारो गटुसोले पद छाडेका छन् ।
मुख्य प्रशिक्षक नियुक्त भएको ७ महिनापछि नै गटुसोले भ्यालेन्सिया छाडेका हुन् ।
भ्यालेन्सियाले दुई वर्षका लागि गटुसोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
तर, ला लिगामा टोलीले खराब प्रदर्शन गरिरहेपछि उनले पद छाडेका हुन् ।
भ्यालेन्सियाले १८ लिग खेलमा ८ हार व्यहोरेको छ । भ्यालेन्सिया लिगको १४ औं स्थानमा रहेको छ ।
४५ वर्षीय इटालियन प्रशिक्षकले आपसी समझदारीमै क्लब छाडेको बताईएको छ ।
मुख्य प्रशिक्षक गटुसोले छाडे भ्यालेन्सिया









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)