म्याक्केनी लिड्समा अनुबन्धित
मंगलबार, माघ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले मिडफिल्डर वेस्टन म्याक्केनीलाई अनुबन्ध गरेको छ ।
लिड्सले इटालियन क्लब युभेन्ट्सबाट मिडफिल्डर म्याक्केनीलाई लोनमा अनुबन्ध गरेको हो ।
अमेरिकी मिडफिल्डरलाई यस सिजनको अन्तिमसम्मको लागि लिड्सले लोनमा अनुबन्ध गरेको हो ।
यस्तै युभेन्ट्सले स्थायी अनुबन्धका लागि समेत बिकल्प दिएको छ ।
लिड्समा उनले २८ नम्बरको जर्सी लगाउने छन् ।
२४ वर्षीय मिडफिल्डरले यस सिजन १६ सिरी ए लिग खेलमा १ गोल र १ असिस्ट गरेका छन् ।
म्याक्केनीले अमेरिकाका लागि ४१ खेल खेलिसकेका छन् ।
म्याक्केनी लिड्समा अनुबन्धित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)