फरवार्ड सौरभ मछिन्द्रमा अनुबन्धित
सोमबार, १६ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले फरवार्ड सौरभ लिम्बुलाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले सोमबार फरवार्ड सौरभलाई अनुबन्ध गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सौरभलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
यस अघि मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निसेन सुब्बा र प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको थियो ।
त्यस्तै राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

फरवार्ड सौरभ मछिन्द्रमा अनुबन्धित














-1770628505169.jpg&w=3840&q=75)