मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई डाकिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ४३ जना खेलाडीको नाम घोषणा गरेको हो ।
राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ ।
एन्फाले आइतबार अनन्त कुमार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
यस्तै गंगा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् । सुरज कुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।
टिम म्यानेजरमा वृन्दा देवान नियुक्त भएकी छिन् ।
नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।
बन्द प्रशिक्षणका लागि बोलाईएका खेलाडी :
अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दिपा न्यौपाने, दीपा शाही,घिम गुरुङ , गंगा गुरुङ, गौतम कुमारी , गीता राणा, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बु, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)